+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

प्रेरणादायी पुरस्कार



सम्पादकीय   60 पटक पढिएको   सम्पादकीय      

पुरस्कार आफैमा सम्मानीत शव्द हो । पुरस्कार तथा सम्मानले व्यक्तिको योगदानलाई सामाजिकिरण गराउन भुमिका खेल्छ । समाजमा विशेष योगदान दिएका व्यक्तीलाई पुरस्कृत र सम्मानित गर्नु भनेको उसलाई आफ्नो आस्था, आदर्श र प्रतिबद्धतामा निरन्तरताका लागि प्रेरणा पनि हो । नेपालमा सरकारी भन्दा नीजी क्षेत्रवाट स्थापित पुरस्कारहरु विशेष महत्वका छन् । यस्ता पुरस्कारहरु विभिन्न उदेश्यवाट स्थापना भएका पाईन्छन् ।

कतिपय अवस्थामा  पुरस्कार र सम्मान विचारधारात्मक निष्ठा र प्रतिबद्धतामाथि प्रहार गर्ने प्रभावकारी हतियारका रुपमा पनि प्रयोग हुने गरेको छ । पुरस्कार प्रदान गर्नेको उदेश्य, पाउनेको हैसियत र छनौटको पारदर्शीताले मात्र पुरस्कारको महत्वलाई दर्शाउदछ । सामाजिक जीवनलगायत कला, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने, साहसिक कार्य गर्नेहरू पुरस्कृत र सम्मानका लागि योग्य व्यक्तीहरु हुन । नेपालमा पुरस्कार र सम्मानहरू राज्यका विभिन्न निकाय र निजीस्तरबाट स्थापित संस्थाहरूले प्रदान गर्ने गरेको पाईन्छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान, विज्ञान तथा प्रविधि प्रतिष्ठान, चलचित्र विकास बोर्ड आदि राजकीय निकायहरूभित्र पर्छन् भने मदन पुरस्कार गुठी जस्ता संस्थाहरूलाई निजी स्तरबाट व्यक्तिगत रूपमा स्थापित संस्थाका रूपमा लिन सकिन्छ । 

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २०७४ सालको कक्षा ११ को विज्ञान विषय तर्फ वार्षिक परीक्षामा  जिल्ला प्रथम हुन सफल सुशान्त राज साहलाई नगद १ लाख १ रुपैयाूसहित टीकादेवी जोशी स्मुति पुरस्कार प्रदान गरिएको छ । यस्तै जिल्ला द्वितीय हुने विविश चौलागाई र युकेन श्रेष्ठ पनि पुरस्कृत र सम्मानित भएका छन । व्यवस्थापन संकायमा जिल्ला प्रथम गौरव दाहाल द्वितीय मुकेश सिंह तृतीय हुन सफल जीवन निरौला पुरस्कृत गरिए । म्यानेजमेन्टबाट दश जोड दुई तह उत्तीर्ण गरि त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त गर्ने आयुष पराजुली र सुरज गौतम पनि सम्मानित भएका छन् । यस्तै टीकादेवी जोशीको स्मृतिमा हरेक वर्ष शिक्षा, खेलकुद, पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा  शिक्षातर्फ गोकुल लाल श्रेष्ठ, साहित्यतर्फ निमेष निखिल, पत्रकारितातर्फ सरिता शशी र खेलकुदतर्फ राधिका ब्लोनलाई जनही २० हजार सहित टीकादेवी जोशी स्मृति पुरस्कार प्रदान गरियो । यी पुरस्कार प्रदानमा कुनै स्वार्थ जोडिएका छैन । अध्ययन प्रति विद्यार्थीहरुलाई आकर्षित गर्नु र सन्तानका लागि आमाको महत्व दर्शाउनु नै पुरस्कारको स्वार्थ देखिन्छ । 

देशमै पुरस्कार प्रदान गर्ने संस्थाहरुको सूचीमा हेटौडा स्कूलअफ म्यानेजम्यान्ट पनि पर्नेभएको छ । उपत्यका भन्दा वाहिरका लागि यति ठूलो पुरस्कार प्रदान गर्ने सस्थाहरु मध्ये यो महाविद्यालय पनि पर्न सक्छ । आफ्नो विद्यालयवाट जिल्लामै उत्कृष्ट हुन सफल विषयगत विद्यार्थिहरुलाई नगद एक लाख पुरस्कार स्थापना गरेर प्रिन्सिपल पुरन वहादुर जोशी उदाहरणीय व्यक्ति बनेका छन् । अनुशासनको पर्याय बनेको हेटौडा स्कुल अफ म्यानेजम्यान्टका विद्यार्थिहरुले विश्वविद्यालयमा नै उत्कृष्ट अंक सहित स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । त्यस्ता विद्यार्थिहरुलाई समेत म्यानेजम्यान्टका प्रिन्सिपल जोशीले आफ्नो आमाका नाममा स्थापना गर्नुभएको पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारले विद्यार्थिलार्इं हौसला दिने र शिक्षा क्षेत्रको उन्नयनका लागि मात्र प्रेरक नभई आमा प्रतिको सद्भावलाई समेत प्रकट गरेको छ । मातातीर्थ औशीका दिन नै प्रदान गरिने यस्ता पुरस्कारले मानव जीवनमा आमाको योगदान र सन्तानले देखाउनु पर्ने विनम्रतालाई पनि प्रतिविम्वित गरेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु
सूचनाको हक कार्यान्वयन
अपराध संहिता र प्रेस स्वतन्त्रता
सहजीकरणको आवश्यकता
युवा कैदीबन्दी र जिम्मेवारी
दबावका स्वरुप परिवर्तन गरौं
सडक पेटी पनि खाली गरौं
युवाका लागि सुरक्षित स्थान
व्यवसायीको दोहोरो मापदण्ड
आगलागीको सन्देश
अधिकार सुनिश्चित हुनै पर्छ



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top