+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

काव्य प्रतियोगिता र प्रशिक्षण



साहित्य   27 पटक पढिएको        

हेटौंडा, ३० बैशाखः झरना साहित्यिक परिवार मकवानपुरले थाहा नगरपालिकाको चित्लाङमा काव्य प्रतियोगिता एवम् प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । झरना साहित्यिक परिवारको २२४औं साहित्य शृंखलाको अवसरमा चित्लाङस्थित स्वच्छन्द भैरव माविमा कविता प्रतियोगिता तथा प्रशिक्षणात्मक साहित्य गोष्ठी भएको हो ।

डा. देवी नेपालको प्रमुख आतिथ्यतामा शुक्रबार भएको कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, कवि बिर्खे अन्जान, सिस्नुपानी नेपालका सहसचिव सरोज घिमिरे, जनसाहित्यिक मञ्च नेपालका सदस्य मसान उपासक, संस्थाका सचिव चिरञ्जीवी लामिछाने, सदस्य सन्तराम राई, विद्यालयका प्रधानाध्यापक विष्णु दहाल, पूर्वप्रअ बुद्धरत्न मानन्धर, शिक्षक जंगबहादुर लामा, जनककुमार देवकोटाले मन्तव्य तथा रचना वाचन गरेका थिए ।

प्रतियोगितात्मक कार्यक्रम पश्चात् डा. देवी नेपालले विद्यार्थीलाई कवितासम्बन्धी प्रशिक्षण दिँदै सबै विद्यार्थीले साहित्यको ज्ञान लिनुपर्ने बताउनुभएको थियो । प्रतियोगितात्मक कार्यक्रममा रमिता बलामी, राहुल बलामी र राहुल हमाल उत्कृष्ट घोषित भएका थिए । कार्यक्रम झरनाका उपाध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
“आगतको आँगनी” विमोचन
१४४औं गजल यात्रा
काव्य प्रतियोगिता र प्रशिक्षण
साहित्यकार विमल निभा सम्मानित
मुक्तककार डेविट सम्मानित
पर्यटन प्रवद्र्धनका लागि काव्य उत्सव
२६९औं साहित्य सन्ध्या
झरनाले ५ जनालाई सम्मान गर्ने
तिमल्सिनाका ५ कविता सुनिए



  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
    सम्पादकीय
    10     सम्पादकीय
  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।
    शिक्षा
    6     सुनिता लोप्चन
  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
    खेलकुद
    11     समाज संवाददाता
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    99    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    99    
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    989    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top