+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

सुरुङमार्ग हेटौंडाको सपना



सम्पादकीय   36 पटक पढिएको   सम्पादकीय     

सुरुङमार्ग विगत केही वर्षदेखि नेताहरुलाई देखाउने दाँत भएको छ । उद्योग वाणिज्य संघदेखि स्थानीय तथा प्रदेश र संघको निर्वाचनमा पनि यो मार्गले चर्चा पायो । त्यतिमात्र होईन संविधान सभाको निर्वाचनमा समेत यो मार्ग मत माग्ने मुख्य आधार बनेको थियो । सुरुङमार्गको सपना देखाउने काम जो सुकैलाई पनि सजिलो भएको छ । तर कही कसैले पनि यस विषयमा सिन्को समेत भाँचेको देखिएको छैन ।

नेपाल पूर्वाधार विकास कम्पनी नै खडा गरेर सुरुङमार्ग निर्माणले गति लिएको देखाउने काम समेत भयो । पूर्वाधार विकास कम्पनीले स्थानीय नागरिकसँग शेयरका रुपमा ठूलो रकम समेत संकलन गरेको थियो । कुनै विधि र प्रक्रिया नपु¥याई अवैध रुपमा उठाएको रकम त्यसै गरी खर्च गरियो । तर मारमा परेका छन् स्थानीय नागरिकहरु । आफ्नै घर आँगनबाट सुरुङमार्गको सपना देख्दा सर्वसाधारणको कम्तिमा दश हजार देखि लाखौं लाख रकम डुबेको छ ।

योजनाहरु प्रचारमा भन्दा कामबाट सम्पन्न हुन्छन् । तर यो मार्गमा काम भन्दा प्रचारको शैली बढी देखियो । पूर्वाधार विकास कम्पनीले पनि रकम जुटाउने, शेयर निस्कासन गर्ने, विदेशी लगानी भिœयाउने अनेका कुरा गर्दे प्रचारलाई तीव्रता दियो । अन्त्यमा ती सबै झुठ सावित भए । यस्तै नेताहरुले पनि निर्माण गरिछाड्ने भन्दै आश्वासन दिन छाडेका छैनन् । यसैक्रममा ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो अर्जुनदृष्टि सुरुङमार्गलाई नै बनाउनु भएको छ । यो मार्ग निर्माण गर्न सके स्थानीयले मात्र होईन कि देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेमा कुनै शंका छैन । पूर्वाधार विकास कम्पनीले बनाएको भए राज्यले निर्माण गरेको सडक सञ्जालमा जोड्न नपाईने प्रावधान राखिएको थियो । प्रदेश सरकारकै तर्फबाट बनाउने हो जुन ठाउँमा सहज हुन्छ त्यही अन्य सडक सञ्जालमा सुरुङमार्गलाई जोड्न सकिन्छ । यसरी हेर्दा राज्यका लागि यो मार्ग निर्माणमा ठूलो कठिनाई छैन । तर भाषणलाई व्यवहारमा कार्यान्वयनका लागि इमान्दारिताको खाँचो देखिन्छ । 

३ नं. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कार्यक्रम तथा वजेट निर्माण सुरु गरिसकेको छ । मुख्यमन्त्रीले आफ्नो प्राथमिकतामा राखेका सुरुङमार्ग र गौरिटारको खेलकुद प्रतिष्ठानका लागि कस्ता योजना र कति रकम विनियोजन हुन्छ भन्ने प्रश्न र कौतुहलता छ । मुख्यमन्त्रीले नै सार्वजनिक रुपमा व्यक्त गर्नुभएका योजनाहरुलाई आर्थिक वर्षको कार्यक्रम र वजेटमा स्थान सुरक्षित हुन्छ भन्नेमा आशा गर्नु नै पर्दछ । भन्नका लागि मात्र होईन भने ६ महिना भित्रमा सुरुङ मार्गको डिपीआर बनाईने र दुई वर्ष भित्र सुरुङमार्गबाटै आवत–जावत गर्न सकिने सपना देखाउने काम भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर निर्माण गरेमा योजना पुरा हुन सक्छ । कम्तिमा पनि भिमफेदीदेखि सिस्नेरीसम्म मात्र पनि सुरुङमार्गले जोड्ने हो भने पनि हेटौडा र काठमाडौको दुरी छोटिने छ । त्यस्तै ढुवानीमा हुने लागत समतेमा कटौती भई इन्धनमा विदेशिएको रकमले देशभित्रै अर्को ठूलो योजना निर्माण हुन सक्छ । त्यसैले हेटौंडाको सपना सुरुङमार्गको मुर्तरुप दिने जिम्मेवारी प्रदेश र स्थानीय सरकारले लिनु पर्दछ । 






सम्बन्धित शिर्षक समाचारहरु
सूचनाको हक कार्यान्वयन
अपराध संहिता र प्रेस स्वतन्त्रता
सहजीकरणको आवश्यकता
युवा कैदीबन्दी र जिम्मेवारी
दबावका स्वरुप परिवर्तन गरौं
सडक पेटी पनि खाली गरौं
युवाका लागि सुरक्षित स्थान
व्यवसायीको दोहोरो मापदण्ड
आगलागीको सन्देश
अधिकार सुनिश्चित हुनै पर्छ



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top